श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक १४ गते शुक्रबार, ३० अक्टोबर २०२० । असोज शुक्लपक्षको चतुर्दशी तिथि १८ः०२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र रेवती २४ः०० बजेसम्म, उप्रान्त वणिज, चन्द्रमाराशि मीन, सूर्योदय ६ः१३ र सूर्यास्त ५ः२१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आज कामहरु अधुरै रहन सक्छन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ । यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा अलि सतर्कता अपनाउनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको काम बन्नाले जिम्मेवारी बढ्नेछ । विशेष भेटघाटले उत्साह बढाउनेछ । अरूलाई प्रभावित पारेर नै लाभ उठाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ । रोकिएका काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन र प्रसंसा मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकर्षक उपहार प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ ।