ब्लाष्टखबर । धरानमा शुक्रबार साझ थप ४२ जना काेराेना संक्रमित थपिएका छन् । याेसंगै  धरानमा कुल संक्रमितकाे संख्या २ हजार ७१५ पुगेकाे छ ।

संक्रमित हुनेहरूमा उपमहानगरका घरनक्सा शाखाकी महिला कर्मचारी तथा उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी रहकाे धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।

मेहताका अनुसार संक्रमित हुनेहरू धरान उपमहानगरपालिकाले गरेकाे स्वाब संकलन र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट रहेका छन् ।

उनका अनुसार वीपीको हेल्प डेस्कमा बिहिबार र शुक्रबार संकलित स्वाब साथै शुक्रबारनै उपमहानगरपालिकाले पनि केही स्वाब संकलन गरेर परिक्षण गर्न पठाइएको थियो ।