श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक १७ गते सोमबार, २ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको द्वितीया तिथि ०९ः२७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र कृतिका २४ः०० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः१५ र सूर्यास्त ५ः१९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सांस्कृतिक क्षेत्रको भ्रमणमा मन जानेछ । मन चञ्चल रहनाले कामकाजहरू असफल हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमसम्बन्धले निकास पाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आज भाग्यले अवसर जुटाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा गडबडी देखिनेछ । मानसिक तनावको सामना गर्नुपर्ला । खानपानमा होसियार गर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोमाञ्चक भ्रमणको योग रहेको छ । आत्मीय मित्रजनस“गको भेटले मन प्रफुल्लित रहला । यात्रा फलदायी छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा घाटा व्यहोर्नु पर्नेछ । गरेका लगानीहरू उठ्ने प्रबल सम्भावना देखिन्छ । सफलता हात पर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम जीवनमा असफल भइएला । जीवनले नयाँ मोड लिने देखिन्छ । प्रतिस्पर्धामा सफलता हातपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन–पाठनमा मन जाला । घरायसी समस्याबाट छुट्कारा पाइनेछ । मिष्ठान्न भोजनको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला, साहित्य र सङ्गीतमा अभिरुचि बढ्नेछ । सिर्जनात्मक कार्यमा दिन बित्नेछ । मनमा शान्ति छाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धैर्यता र लगनशीलताले शुभफल दिनेछ । लामो समयदेखि सोचेका कार्यहरू शुरु हुने देखिन्छ । यात्रा सफल होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधनबाट होसियार रहनुहोला । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । पारिवारिक चिन्तामा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नया“ योजना बन्नेछ । रोकिएको कार्य सुचारु हुने देखिन्छ । मनमा शान्ति छाउनेछ । समग्रमा दिन राम्रो छ ।