श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक १८ गते मङ्गलबार, ३ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको तृतीया तिथि ०३ः२८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रोहिणी २४ः०० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः१५ र सूर्यास्त ५ः१८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नया“ स्थानमा नयाँ कामको थालनी हुनेछ । परिश्रम लाभदायी रहनेछ । व्यापार–व्यवसाय वृद्धि हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पैतृक धनको नोक्सानी हुनेछ । अनावश्यक खर्च वृद्धि हुनेछ । घरजग्गा कारोबारमा नोक्सानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
प्रतिस्पर्धीहरू परास्त हुनेछन् । शरीरमा फूर्ति बढ्नेछ । जोस र जाँगर जागेर आउनेछ । मिष्ठान्न भोजनको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा पराजय व्यहोर्नु पर्नेछ । सञ्चालन गरेका योजनाहरू बीचैमा रोकिएलान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रता बलियो बन्नेछ । नयाँ योजना शुभारम्भ गर्नुहुनेछ । व्यापार–व्यवसायमा प्रशस्त नाफा होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सवारीसाधनले धोका देला । यात्रा कष्टकर बन्नेछ । सहयोगीले साथ छाड्नेछन् । व्यवसायमा नाफा हुने छैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा रमाइलो रहनेछ । आफन्तसँग भेटघाट हुनेछ । मन प्रसन्न रहला । व्यापार–व्यवसाय सामान्य रहनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा सहभागी बन्नुहुनेछ । नोकरीमा पदोन्नतिको योग छ । तपाईंको प्रस्तावलाई सबैले समर्थन गर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरजग्गा खरिद गर्ने योग छ । व्यापार–व्यवसायमा प्रशस्त नाफा हुनेछ । प्रतिष्ठा वृद्धि हुने कार्यमा संलग्न रहनु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक खर्च वृद्धि हुनेछ । आर्थिक सङ्कट आइपर्ला । सहयोगीले साथ छाड्नाले व्यवसाय सञ्चालनमा समस्या आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तले ठूलो सहयोग गर्नेछन् । मनमा उत्साह जाग्नेछ । घरपरिवारमा सुख–शान्ति छाउनेछ । व्यवसायमा लाभ देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुख्र्यौली सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधार आउनेछ । भौतिक साधनको खरिद हुनेछ ।