श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक १९ गते बुधबार, ४ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको चतुर्थी तिथि २४ः०० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा २४ः०० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः१६ र सूर्यास्त ५ः१७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
भौतिक सम्पत्तिको आर्जन हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । नोकरी र राजनीतिमा सफल भइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पैतृक धनको नोक्सानी हुनेछ । अनावश्यक खर्च वृद्धि हुनेछ । घरजग्गा कारोबारमा नोक्सानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
आफन्तस“ग मनमुटाव बढ्नेछ । झुट्टो आरोप लाग्न सक्छ । नोकरीमा अपजस लाग्ला । आयस्रोत घट्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रता बलियो बन्नेछ । घरपरिवारमा सुख, शान्ति छाउनेछ । पदोन्नतिको योग छ । आयस्रोत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सवारी साधनले धोका देला । आफन्तकै अवरोधका कारण व्यवसायमा घाटा हुनेछ । घरपरिवारमा खटपट बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभसमाचार सुन्न पाइनेछ । घरपरिवारमा सुख, शान्ति छाउनेछ । आयआर्जनको स्रोत वृद्धि होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनबाट सुझाव पाइनेछ । पुरानो लगानीबाट प्रतिफल मिल्नेछ । राज्यपक्षबाट सम्मान मिल्नेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहयोगले नया“ योजना सञ्चालन हुनेछ । नोकरीमा पदोन्नति होला । व्यापार–व्यवसायमा नाफा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक विवादमा तानिनु हुनेछ । असल साथीले साथ छाड्नेछन् । शरीर अस्वस्थ रहला । काममा अवरोध आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान–सम्मान प्राप्तिको योग छ । शत्रु पलायन हुनेछन् । सर्वत्र प्रशंसा मिल्नेछ । राज्यले सम्मान गर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कार्यमा संलग्न हुनुहुनेछ । घरमा मा·लिक कार्य हुनेछन् । धर्म–कर्ममा मन जानेछ । आयस्रोत वृद्धि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाइबन्धुबाट पूर्ण सहयोग मिल्नेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । वैदेशिक क्षेत्रको लगानीबाट नाफा होला ।