धरान/ आज(बिहीबार) बाट धरानभरि सञ्चालित सामुदायिक विद्यालयहरूमा कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षा हुने भएको छ ।
त्यसको सम्पूर्ण तयारी पूरा भएको नगरस्तरीय परीक्षा संयोजक इन्द्रमोहन झाले जानकारी दिए । धरानभरि सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूबीच बैठक बसेर आजबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
उनका अनुसार परीक्षामा विद्यार्थीहरूबीच भौतिक दूरी कायम गरिने जनाइएको छ । त्यस्तै स्वास्थ्य प्रोटोकललाई अनिवार्य रूपमा पालना गरिने जनाइएको छ ।