श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४१, वि.सं. २०७७ साल मङ्सिर १९ गते शुक्रबार, ४ डिसेम्बर २०२० । मार्ग कृष्णपक्षको तृतीया तिथि १९ः४० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र आद्र्रा १२ः३१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३८ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पारिवारिक सम्बन्ध सुदृढ होला । गृहिणीको भरपूर सहयोग मिल्ला । अध्यापकहरूका लागि आजको दिन उत्तम देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायबाट ठूलै धनराशि हात लाग्ला । मनमा प्रसन्नता छाउला । स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा कृषिजन्य पदार्थबाट घाटा लाग्ला । अमानवीय घटना सुन्नु पर्दा मन खिन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार–व्यवसायमा लाभ होला । स्त्री जातिले सहयोग गरेको काममा लाभ होला । अदालती समस्या पनि सुल्झेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पशु चौपायाबाट मनग्य आय होला । प्रशासनिक कार्यमा सफलता मिल्ला । चोटपटकको भय देखिन्छ । सजग रहनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान्यजनले काममा हौसला बढाउलान् । सामाजिक कार्यमा मन जाला । सहज स्थितिमा काम गर्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगको आशा देखाउनेहरूले साथ नदेलान् । व्यावसायिक कार्यमा पनि धन खर्च होला । असहज अनुभव होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी तथा पेशा व्यवसायमा सफलता मिल्नेछ । साथीभाइसँगको भेटमा दिन बित्ला । प्रेमपक्ष पनि राम्रै देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा समस्या देखिने भएकाले चिताएको काम गर्न असफल भइएला । जिम्मेवारी भने बढेर जानेट ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विपरीतलिङ्गीको सम्बन्धबाट टाढै भएको राम्रो । प्रशासनिक कार्यमा झन्झट आइपर्ला । मन खिन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक काममा व्यस्त भइएला । साथीभाइहरू टाढिएलान् । मन अशान्त रहला । सोचेर बोलेमा राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका नया“ स्रोत फेला पर्लान् । नयाँ कामको शुभारम्भ होला । माङ्गलिक कार्यमा सरिक भइएला ।