धरान । धरानका विद्यार्थी नेता आशिष प्रधानले आफ्नो जन्मदिनको अवसरमा धरान–१७ स्थित दीपेन्द्र स्मृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

विद्यालयका २ सय जना विद्यार्थीका लागि २० हजार रुपैयाँ बराबरको कपि, पेन्सिल लगायतका सामग्री वितरण गरेको उनले बताए । आइतबार विद्यालयमा आयोजीत कार्यक्रममा सुनसरी क्षेत्र नं.१का प्रतिनिधिसभा सदस्य जयकुमार राई, धरान १७का वडाअध्यक्ष मनोज भट्टराई लगायतले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

आफुले जन्मदिनमा साथीहरुसँग गर्ने खर्च विद्यार्थीलाई सहयोग गर्ने गरेको बताए । उनले भने, ‘आफुपनि विद्यार्थी भएकाले मैले पहिलादेखि नै जन्मदिनमा स्कुलका साना विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छु ।’