दमक । दमक नगरपालिका २ नम्बर वडामा रहेको हिमालय माद्यविक विद्यालयको ६५ औ वार्षिक उत्सव  सम्पन्न भएको छ ।

वार्षिक उत्सवका अवसरमा विभिन्न अक्षयकोष मार्फत विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयमा रहेका ४ वटा  छात्रविृद्धि अक्षयकोष मार्फत  फरक फरक कक्षाका  विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक  ओम प्रसाद आचार्यले जानकारी दिए ।

२ लाख रुपैँयाको अक्षय कोष रहेको कमला राई उत्कृष्ट विद्यार्थी कोषबाट एसइइ मा  उत्कृष्ट अंक ल्याउने २ जनालाई हरेक वर्ष सम्मान गरिने गरिन्थ्यो र तर यो वर्षभने  ५ जना विद्यार्थी सम्मानीत भएका छन् ।

नगेन्द्र अधिकारी, सुरज सुवेदी, सिदार्थ नेपाली , सुदिप भट्टराई र प्रतिमा भट्टराईलाई कमला राई उत्कृष्ट  विद्यार्थी अक्षयकोष मार्फत सम्मान गरिएको हो । त्यसै गरि १ लाख रुपैँयाको कोष रहेको प्रतिष्ठा अञ्जु छात्रवृद्धि कोष मार्फत कक्षा १२ पास गरेर जाने उत्कृष्ट ३ वना विद्यार्थीलाई सम्मान गरिएको छ ।

सम्मानीत हुनेमा टेक बहादुर खड्का, वर्षा पोखरेल र आसिका सापकोटा रहेका छन् । त्यसै गरि २५ हजार रुपैँयाको अक्षयकोष रहेको  मुक्तिनाथ ढकाल स्मृति कोषबाट ११ कक्षामा उत्कृष्ट अंक ल्याउने २ जना सम्मानीत भएका छन् । सम्मानीत हुनेमा सम्राट राई र अर्चना दाहाल रहेका छन् ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख  दिनेश न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष  प्रजापति सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयमा अहिले ३ हजार १ सय ३५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।