विजयपुर । युएन कलेज धरानले होटल व्यवस्थापन सङ्कायमा–बिएचएम) त्रिभुवन विश्वविद्यालयले विभिन्न वर्षमा लिएको परिक्षामा प्रदेश –१ मा उत्कृष्ट ३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार कलेजले एक कार्यक्रमको आयोजना गरि ३ जना उत्कृष्ट विद्यार्थीलाई क्याम्पसकाअध्यक्ष ज्ञानेश्वर झाले सम्मानपत्रले सम्मान गरेका थिए । क्याम्पसले छात्राहरुलाई प्रथमलाई नगद २५ हजार र तेस्रो हुने विधार्थीलाई १० हजार नगदसहित सम्मानपत्र प्रदानगरेको हो ।

उनीहरुले प्रदेश–१ का ६ वटा होटल मेनेजमेन्ट अध्ययन हुने क्याम्पसहरुका विद्यार्थीबाट उत्कृष्ट भएको युएन क्याम्पस होटल मेनेजमेन्ट संकायका संयोजक गगन श्रेष्ठले जानकारी दिए । उनले प्रदेश–१ मा ६ वटा क्याम्पसमा होटल मेनेजमेन्ट (बिएचएम) अध्यापन गराउने पनि बताए ।

युएन क्याम्पसमाअध्ययनरत छात्रा ऋतु राई २०७५ सालमा त्रिविद्धारा सञ्चालित होटल मेनेजमेन्ट संकाय स्नातकतह पहिलो सेमेस्टरको परिक्षामा प्रदेश–१ माप्रथम भएकी थिइन् । उनले ३.६९ जिपिए ल्याएकी थिइन् ।

२०७६ सालमा सञ्चालित दोस्रो सेमेस्टरको परिक्षामा स्टेला मेन्याङ्गबो प्रथम भएकी थिइन् । उनले ३.६९ जिपिए ल्याएकी थिइन् ।

साथै २०७७ सालमा सञ्चालित दोस्रो सेमेस्टरमा दिला नेम्वाङ प्रदेश –१ मा तेस्रो भएकी थिइन् । उनले ३.६२ ल्याएकी क्याम्पस प्रमुख प्रमुख डम्बर कुमार तुम्वापोले जानकारी दिए ।

उनले विद्यार्थीहरुलाई प्रोत्साहित गर्न हरेक सेमेस्टरमा प्रदेश नं.–१ मा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई सम्मानगर्ने बताए । उत्कृष्ट छात्राहरुलाई क्याम्पसको हलमा अभिभावकको उपस्थितिमा सम्मान गरेको हो ।