सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ४९ केजी गाजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट इन्स्पेक्टर भुवन खड्का नेतृत्वमा खटिएको टोलीले मंगलबार साँझ सो परिमाणको गाजा बरामद गरेको हो ।
कोशी गाउँपालिका ८ स्थित कोशीको बगरबाट भारततर्फ तस्करी गराउने उद्देश्य राखिएको गाजा बरामद गरेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
तस्करी गराइने उद्देश्यले राखिएको गाजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न सीमानाका हुँदै भारततर्फ गाजा तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।