मोरङ। झापा र मोरङबाट सोमबार लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ गरिएको छ ।

लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको हो ।

त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी ५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र ५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध खैरो हेरोईन २ ग्राम र निजहरुले चलाएको को२७प ६६९२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा  लिईएको छ । पक्राउ परेका उनिहरूमाथी थप अनुसन्धान भईरहेको छ ।