पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।

मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १८ हजार ७ सय २२ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।