नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरी गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन शनिबार वडा नं. २ शिक्षा विकास माविमा सम्पन्न भएको छ । 

सम्पन्न अधिवेशनले अध्यक्ष पदमा धर्मराज थापासहित १७ सदस्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सञ्जीव खड्का र इन्द्रकला राई, सचिवमा होमप्रसाद न्यौपाने, कोषाध्यक्षमा लीलानाथ निरौंला, सहसचिवमा धनुकला राई, सहकोषाध्यक्षमा अनु श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । 

kanepokhari-bhela

त्यसैगरी सदस्यहरुमा पर्शुराम पौडेल, मुकेश राउत, खेमप्रसाद लुइँटेल, कृष्णप्रसाद आचार्य, दौलत रिजाल, चन्द्र मगर, वसन्तकुमार खाँण ठकुरी, निर्मला जोगी, मनिसा परियार र अनिल कार्की छन् । 

कार्यक्रमको प्रमुख अतिथि नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य धर्मनन्द खरेल थिए । विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ मोरङ जिल्ला अध्यक्ष दामोदर सिग्देल र अतिथि समाजसेवी भोला अधिकारी लगाएत थिए ।