छिमेकी मुलुक भारतमा फेरि कोराना महामारी बढिरहेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको प्रकोप अघिल्लो वर्ष जस्तै भारतमा निरन्तर बढिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा ४३, ८४६ भन्दा बढी कोरोना संक्रमितहरुको नयाँ तथ्यांक दर्ता गरिएको छ । संक्रमणका कारण आइतबार १९७ जनाको मृत्यु समाचारमा बताइएको छ ।
भारतीय स्वास्थय मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हालसम्मको संक्रमण संख्या १,१५,९९,१३० पुगेको छ । यो वर्ष पहिलो पटक आज कोरोना संक्रमणको तथ्यांक सबैभन्दा बढी पुगेको छ । भारतमा मृत्यु हुनेको संख्या १,५९,७५५ पुगेको छ ।
भारतमा संक्रमण निको हुनेको संख्यामा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २२,९५६ जना संक्रमित घर फर्किएका छन् भने जम्मा १,११,३०,२२८ जनाले कोरोनामाथि विजय प्राप्त गरेका छन् । संक्रमितको संख्या भन्दा निको भएर घर फर्कनेको संख्यामा ५० प्रतिशत गिरावट आएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धेरै महिनापछि कोरोनाको सक्रिय संक्रमितको संख्या एकपटक फेरि ३ लाख भन्दा बढी कटेको छ । यस अघि सक्रिय संक्रमितको संख्या २ लाख भन्दा कम थियो । हाल भारतमा कोरोना भाइरसको संक्रिय तथ्यांक ३,०९,०८७ छ ।

भारतमा कोरोनाविरुद्धको खोपको दोस्रो चरण चलिरहेको छ । हालसम्म ४,४६,०३,८४१ जनाले खोप लगाइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।