पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ हजार ७३ हजार ८ सय ८६ जना संक्रमित निको भएका छन् ।

शनिबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर ८४ जना क्वारेन्टाइनमा र २ हजार ८ सय जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख ९ हजार ७ सय ७६ पीसीआर परीक्षण भएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । अहिले संक्रमितमा देखिएको लक्षण जटिल प्रकृतिको भएकाले उच्च सतर्कता अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।