भारतमा कोरोना संक्रमणको तथ्यांक भयावह बन्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको तथ्यांक २ लाख ३४ हजार ६ सय ९२ पुगेको छ । मृत्यु हुनेको संख्या १ हजार ३ सय ४१ रहेको छ ।
भारतको महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, छत्तीसगढ र कर्नाटकमा नयाँ संक्रमितको दर बढिरहेको भारतीय संचारमाध्यम आजतकले जनाएको छ ।
महाराष्ट्रमा सबैभन्दा बढी ६३७२९, उत्तर प्रदेशमा २७३६०, दिल्लीमा १९४८६ जनामा नयाँ संक्रमण देखिएको छ । यी पाँच राज्यमा सबैभन्दा बढी संक्रमण दर रहेको बताइएको छ । जम्मा संक्रमणको ५९.७९ प्रतिशत दर यी पाँच राज्यको छ । महाराष्ट्रमा मात्र २७.१५ प्रतिशत नयाँ संक्रमण दर देखिएको छ । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । ३९८ को मृत्यु भएको छ भने दिल्लीमा १४१ जनाको ज्यान गएको छ ।