देउराली । गत चैत ६ गते बर्जु गाउँपालिका १ स्थित सुभाष चौधरीको घरमा मध्यराति हतियारसहित आई लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्जु  गाउँपालिका १ बस्ने ३६ वर्षीया सृजना चौधरी,  सर्वन उराव , छाताबेला टोलका २८ वर्षीय मर्तुजा मियाँ,  मोरङको बुढीगंगा गाउँपालिका ४ का ३० वर्षीय अजिम मियाँ, इटहरी उपमहानगरपालिका १३ खनार का ३२ वर्षीय नमाजुद्दिन आलम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार १ जना प्रतिवादी फरार रहेका छन् ।

रिसिवी साध्न डकैती

०७७ साल जेठ २३ गते मध्यराति गाउँका केहि मानीस आएर सुभाष चौधरी की भतिजि बुहारी सृजर्ना चौधरीकाे  घर तथा उनको स्कुटर तोडफोड गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय दुहवीमा सृजनाले मुद्दा दर्ता गराएपनि श्रीमानले पाउनु पर्ने पैत्रिक सम्पती बेचबीखन गरेकाे ३० लाख समेत नदिएको र घरमा समेत काका ससुराले नै तोडफोड गराएको रिसिवी साध्ने सोच बताएर उक्त सृजनाले अन्य ४ जनालाई घरमा  बोलाई  योजना बताएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालउका अनुसार हतियारसहित सुभाषको घरका डकैती गर्न पुगेका उनिहरुले  परिवारका सदस्यहरुलाई कुटपिट गरी घरमा रहेको ५४ हजार नगद समेत लुटेर लगेका थिए ।

यसरी बन्यो योजना

योजनाकार सृर्जनाका भाई प्रवेश चौधरी जवरजस्ती करणी मुद्दमा २०७५ साल देखी झुम्का कारागारमा रहेका छन् । सृजना भाईलाई भेट्न कारागार गएका बेला चोरी मुद्दामा कारागारमा रहेका मर्तुजा र अजितसंग भेट हुन्छ ।

सृजनाले कारागार मुक्त भएपछि आफ्नो भागमा पर्ने ३० लाख काका ससुराले आफ्नो घरमा राखेको र त्यसलाई लुटेर  बढनु पर्छ भनि योजना बनाउछिन् ।  योजना अनुसार नजामुद्दिन र अर्का एक जना भएर भारतको विरपुर गई भारु २० हजारमा पेस्तोल र गोली खरिद गर्छन् ।

घटनाको ठिक एक दिन अघि  करिव २ बजे सर्वन,अजिम,नमाजुद्दीन र अर्का एक जनालाई मोरङको नेमुवा चौकी भन्दा पछाडी बोलाई सृर्जनाले आफू विवाहमा जाने बताएर सुभाषको घर जाने बाटो देखाई राती गएर लुटपाट गर्न भनेकाे उनिहरुले बयान दिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनिहरुको साथबाट मिस फायर भएको ७.६५ के एफ लेखिएको राण्ड एक थान बरामद भएको कार्यालयले जनाएको छ ।पक्राउ परेका पाँचैजना प्रतिवादीहरुलाई सुनसरी जिल्ला अदालतमा १० दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।