झापाको दमक नगरपालिका ६ नमुना मार्गबाट प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ वर्षीय सिद्धिक आलम रहेका छन् ।
आइतबार दिउँसो साढे १ बजे प्रहरीले चेकजाँचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।