देउराली । नक्ली नोटसहित ईनरुवाबाट ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, धरान १७ का महेन्द्र तामाङ र हनिगर गाँउपालिका २ का २४ वर्षीय नजिम साफी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।   

कार्यालयका अनुसार बुधबार साझ ईनरुवा नगरपालिका ४ स्थित स्टार होटलको अगाडी नक्कली नोटको कारोबार भइरहको भन्ने सुचनाका आधारमा पुगेको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनिहरुको साथबाट कागजमा पोको पारिएको अवस्थामा एक हजारका दरको ४१५ थान नेपाली नक्कली नोट बरामद भएको उक्त कार्यालयले जनाएको छ । 

पक्राउ परेका तीनै जना उपर मुलुकी अपराध संहिता २०७४ को परिचछेद २२ अन्तरगत मुद्रा सम्बन्धि कसुरमा मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहको कार्यालयले जनाएको छ ।