देउराली । इटहरीबाट अवैधरुपमा सुनको कारोबार गर्ने सुनचाँदी व्यावसायी पक्राउ परेका छन् ।

अवैध रुपमा सुन खरिद गरी बिक्रीका लागी  हिडेको इटहरी ६ मा रहेको कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक  शेख राज घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।  

कार्यालयका अनुसार इटहरी १६ घर भएका घिमिरेको साथबाट  १९५.४७० ग्राम तौल भएको सुनको  टिल १ थान र १ लाख ५८ हजार नगद बरामद भएको छ । 

प्रक्राउ परेका घिमिरेलाई उनको साथबाट वरामद नगद र सुनसहित इटहरी स्थित आन्तरिक राजश्व कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।