ट्रकको ठक्करबाट सिटी सफारीमा यात्रा गरिरहेकी एक महिलाको मृत्यु भएको छ ।
झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही स्थान कि ७५ वर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् ।
आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे१क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।