विराटनगर । भन्सार छली गरेको आशंकामा कपडा बोकेको पिकअप भेन विराटनगर भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।
विराटनगरको सरौचिया घर भएका राजकुमार रौनियाले भारतीय नम्बर प्लेटको पिकअप भेनमा ल्याएको कपडा भन्सार छली गरेको आशंकामा बिहीबार राती नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको हो ।
नियन्त्रणमा लिएको बीआर ३८ जीए २६०६ नम्बरको कपडा बोकेको पिकअप भेन अहिले पुरानो भन्सार कार्यालय परिसर भित्र राखेर अुसन्धान सुरू गरेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले कपडा बोकेको पिकअप भेन नियन्त्रणमा परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।

‘अनुसन्धान जारी रहेकोले अहिले नै सबै कुरा भन्न मिल्दैन,’ उनले भने, ‘राती नियन्त्रणमा लिएको कपडका अहिले अनसुन्धान भइरहेको छ ।’ कपडाको बोकेको पिकअप भने आइसीपीदेखि १ सय मिटर उत्तर विराटनगर १८ देखि नियन्त्रणमा लिएको थियो ।
पहुचवाला रौनियाले भन्सार एजेन्टमार्फत प्रज्ञापनपत्र र सम्पूर्ण कागजी प्रक्रिया मिलाएर जोगाउ चलखेल सुरू गरेका छन् । सेटिङ्ग मिलाउन माहिर रौनियाले भन्सार एजेन्ट कृष्ण थापालाई प्रयोग गरेको बुझिएको छ ।
थापा भन्सार एजेन्घ संघका सचिव हुन् । रौनियाले विगत लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरुलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून बिजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापनपत्रको भरमा पूर्वको विभिन्न सहर हुँदै काठमाण्डौसम्म पुर्याउने गरेको स्रोतको भनाई छ ।