श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख १६ गते बिहीबार, २९ अप्रिल २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको तृतीया तिथि २२ः३१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अनुराधा १४ः४८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः२६ र सूर्यास्त ६ः३६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरुले राज गर्नेछन् । विचार पु¥याएर अगाडी बढ्नु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक यात्राको योग रहेको छ । सोचे अनुरुप लाभ हुनेछ । सामाजिक कार्यमा रुची बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग मनमुटाव बढ्ला । आफन्तहरु कमजोर भएको अनुभूति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हर्ष र प्रसन्नताका बीचमा समस्या हुनेछ । सम्पति लाभ गर्ने अनुकुल प्रयास रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परिश्रम अनुसार उपलब्धी पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफुलाई मन लागेको कुरा खरिद गर्न सकिनेछ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक कार्य र सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत पुरा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवादले गर्दा काम विग्रनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा समस्या आउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज अधिकार प्राप्तीका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनुहारमा क्रान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । व्यापारबाट प्रशस्त लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र, आभूषणको व्यापार व्यवसायबाट लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।