ब्लाष्टखबर । माेरङकाे रतुवामाईमा एक महिलाकाे शव फेला परेकाे छ । 

नगरपालिकाकाे ४ नम्बर वडास्थित मकैबारीमा अन्दाजी ३२ वर्षीय महिलाकाे शव फेला परकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी नायव उपरिक्षक मानबहादुर  राईले बताएका छन् । 

राईका अनुसार स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएसंगै घटनास्थल पुगेकाे प्रहरी टाेलीले शव भेटिएकाे ठाउँकाे अनुसन्धान  गर्ने काम भइरहेकाे छ । ' पहिचान खुलिसकेकाे छैन । अनुसन्धनकै क्रममा छाैं,  शव हेर्दा ३२ बर्षकाे जस्ताे देखिन्छ । '   राईले भने  ।