इनरुवा / नेपाल पत्रकार महासंघ सुनसरीलाई इनरुवाका सामाजिक अभियान्ता रोहित निरौलाले स्वास्थ्य उपयोगी सामाग्री सहयोग गरेका छन् ।
निरौलाले महासंघलाई सर्जिकल मास्क ३ हजार पिस सहित एन ९५ मास्क, सेनिटाइजर, फेस सिल्ड र हेन्डवास उपलब्ध गराएका छन् ।
निरौला ति सामाग्री नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई हस्तान्तरण गरेका हुन् । इनरुवा पुगेको महासंघको टोलीले निरौलाले उपलब्ध गराएका सामाग्री बुझेको थियो ।
अभियान्त निरौलाले अग्रपंक्तिमा रही सुचना सम्प्रेषणमा खटिने संचारकर्मीहरुको स्वास्थ्यको ख्याल गर्दै स्वेच्छाले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले पत्रकार र महासंघलाई आफुले उपलब्ध गराउने सहयोग जारी रहने समेत बताए ।