धरान । व्यवसायिक प्रतिष्ठान युनिलिभर नेपालले नेपाली सेनाको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन तथा प्रशोधन गर्ने भएको छ । 

विश्वलाई दीगो साझा वासस्थान बनाउने अभियान अनुरुप सेनासँगको सहकार्यमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ अन्तर्गत फोहोर संकलन तथा प्रशोधन गर्ने भएको हो । हिमालहरूको सुन्दरतालाई नष्ट गरिरहेको भन्दै नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा काठमाडौंमा कार्यक्रम गरिएको थियो । 

नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथि हिमांशु खड्काले भने, ‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु । हिमालय शृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मनलाई छुनु भएको छ ।’ 

unilivar_dhoulagiri (1)

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ, ‘प्राकृतिक संसार हराउँदै गएको छ । यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

अभियानअन्तर्गत धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ७२० किलो फोहर पुनःप्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि हस्तान्तरण गरिएको छ । 

‘हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुनेछौं,’ मुखर्र्जीले भनेका छन् । 

unilivar_dhoulagiri (2)