विराटनगर/ मोरङको कानेपोखरी गाउँपालिका – १ होक्लाबारीकी ३२ वर्षिय सरीता सोरेनको हत्या आरोपमा प्रेमी पक्राउ गरेका छन् ।
प्रहरीले मोरङको रतुवामाइ नगरपालिका– ६ का ३० वर्षिय सुफल हस्तालाई हत्या आरोपमा पक्राउ गरेको हो ।
सरीताको हत्या भएको ४५ दिनपछि प्रेमी हस्तालाई भारतको आग्रहदेखि पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
हस्ताको सरीता प्रेमीका रहेको खुलेको छ । ‘यस घटनामा अहिले अनुसन्धान भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘अहिले एक जना नियन्त्रणमा रहेका छन् । थप अनुसन्धानपछि घटनाको विषय सार्वाजानिक गर्नेछौं ।’

सरीताको १९ वैशाख आइतबार बिहान ९ बजे रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित शव रामप्रसाद भण्डारीको मकैबारीमा अर्धनग्न अवस्थामा मृत अवस्थमा शव भेटिएको थियो । मृतक अवस्थामा भेटिएको सरीताको पहिचान त्यसबेला दुई दिनपछि खुलेको थियो ।
सरिता बिवाही हुन् । उनको एक छोरा छन् । केही वर्ष अगाडी उनको श्रीमानको मृत्यु भएको थियो । पक्राउ परेका हस्ता पनि बिवाहीत हुन् ।
‘७/८ वर्षदेखि सरीता र सुफल प्रेम सम्बन्धनमा रहेका खुलेको छ । सरीताले बिवाह गर्न दबाव दिएको कारणले सुफलले हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ,’ घटनामा संलग्न एक प्रहरी अधिकारीले भने । पक्राउ परेका सफुल ट्याक्टर चालक हुन् ।
भेटन बोलाएर प्रेमीबाटै हत्या
तीन महिनादेखि उर्लाबारी १ होक्लाबारीका स्थानिय योगेन्द्र थापाको गाइ फार्ममा सरीता काम गर्दै आएकी थिइन् । वैशाख १८ गते शनिबार बिवाह जान्छु भनेर उनले फार्मबाट विदा लिएकी थिइन् ।
तर, उनी विवाह नगइ प्रेमी फेटन गएकी थिइन् । सरिताको शव भेटिएको स्थान घरदेखिको घटनास्थल करिब ४० किलोमिटर टाढा हो ।
सरीतालाई प्रेमी सुफललले फोन गरेर रतुवामाइमा भेटन बोलाएका थिए । केरौनदेखि सरीता सार्वजानिक यातायत चढेर सुफललाई भेटन गइन् ।
रतुवामाइमा भेटघाट भएपछि उनीहरू स्थानिय होटलमा खानपिन गरेपछि गफिन स्थानिय भद्रकालिन चौकस्थित मकैबारीमा लगे । लामोसमय प्रेम सम्बन्धनमा रहेकाले सरीताले सुफल लाई बिवाह गर्न दबाव दिइन् ।
यतिकै भनाभन भएपछि रिसको आवेगमा आएर सुफल हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिृकतको भनाई छ ।
हत्या गरेपछि प्रेमी भारत
यस घटनामा प्रहरीले अनुसन्धानको दायरमा सुफलका तीन जना साथीहरूलाई पनि नियन्त्रणमा लिएको थियो । उनीहरुको संलग्न नदेखिएपछि प्रहरीले छोडिदिएको थियो ।
‘साथीहरूको बयान, घटनास्थल र प्राविधक पाटोदेखि अनुसन्धान गर्दा घटनामा संलग्न प्रराम्भिक चरणमा प्रेमी सुफल देखिएका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिृकतले भने । सुफलले प्रेमीकाको हत्या गरेपछि भारत फरार भएको प्रहरीका अधिकारीहरू बताउँछन् ।
त्यही भएर उनलाई पक्राउ गर्न प्रहरीलाई करिब दुई महिना लागेको छ । यस घटनामा मोरङ प्रहरीले सुष्म रुपमा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरेको थियो ।
घटनामा सलग्न सुफल भारत गएको पत्तो पाएपछि मोरङ प्रहरीको एक विशेष टोली भारतको आग्रह पुगेर सुफललाई पक्राउ गरेर ल्याएको हो ।