विराटनगर/    विराटनगर महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगर उपप्रमुख इन्दिरा कार्कीले आठौँ नगर सभामा बिहीबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ  ८३ करोड ९ लाख २५ हजार ३ सय २५, अन्तर सरकारी बित्तिय हस्तान्तरण तर्फ संघीय सरकारबाट  १ अर्ब १९ करोड ५३ लाख र प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार प्राप्त हुने बताइन् । यस्तै, राजस्व बाडफाडदेखि १ अर्ब १ करोड ४७ लाख ८३ हजार, अन्य अनुदान ऋण ७० करोड ५५ लाख ८ हजार ५ सय, अन्य संघसंस्थाबाट १ करोड ४४ लाख ५५ हजार तथा जनसहभागिताबाट १० करोड  प्राप्त हुने उपप्रमुख कार्कीले सार्वजनिक गरिन् ।

कार्यालय संचालन तथा प्रशासनिक खर्च ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ अर्थात ११ प्रतिशत र पूजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ रुपैयाँ अर्थात ८९ प्रतिशत बजेट बिनायोजन गरिएको छ । यस्तै वितिय व्यवस्था तर्फ ५ करोड खर्च हुने अनुमान गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । 

पूजीगत खर्च मध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ३४ हजार ४८ रुपैयाँ, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख १ हजार २७ रुपैयाँ, सुशासन तथा आन्तर सम्बन्धित ९वन वातावरण तथा विपद व्यवस्थापन समेत० गरि ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । 

आगमी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजना २६ करोड ६८ लाख ५ हजार १ सय ७५ रुपैयाँ, नगरस्तरीय गौरवका आयोजनाको मुख्य प्रशासनिक भवनमा १७ करोड ३८ लाख र विरेन्द्र सभागृहमा १९ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ । यस्तै ल्याण्डफिल्ड साइट जग्गा खरिदमा १० करोड, अन्तराष्ट्रिय सभाहलको लागि जग्गा खरिदमा ५ करोड, विराट राजाको दरवार निर्माणमा ५ करोड, हिमालय रोडलाई जिरो पार्किङ जोन सहित रात्रीकालीन मनोरञ्जनस्थलको रुपमा विकास गरिनको  लागि २ करोड, महानगर आवास योजनामा ९० लाख, फोहोरपानी प्रशोधन केन्द्रमा २ करोड, ४ वटा फलाइओवर गेटका लागि २ करोड ४५ लाख रुपैयाँ बजेट बिनायोजन गरिएको छ ।

यस्तै विराटनगर २ र ७ मा बन्ने प्रधानमन्त्री पार्क निर्माणको लागि ५ करोड, विराटनगर २ हुनमान मन्दिर पुर्व सिंघिय खोलाको किरानमा सन्ध्याकालीन आरती निर्माणको लागि २ करोड, अन्य नगरस्तरीय योजनामा ४० करोड, समपुरक कोषमा २० करोड बजेट बिनयोजना गरिएको छ । यसैगरि क्रमागत योजनाको भुक्तानिका लागि २५ करोड ३५ लाख ४७ हजार, शिक्षातर्फ ५५ करोड ७७ लाख ४९ हजार, युवा तथा खेलकुद क्षेत्रमा १ करोड ६१ लाख, स्वास्थ्य क्षेत्रमा १८ करोड १ लाख २८ हजार र विपद व्यव्साथपन तथा महामारी नियन्त्रणमा ३ करोड बजेट बिनायोजन गरिएको छ । 

महानगरले कोरोना भाइरसको महामारी र निधेषज्ञाको प्रभावका कारण चालु आर्थिक वर्ष भन्दा १३ करोड ३२ लाख  ५ सय ७९ रुपैयाँ कम बजेट ल्याएको छ । चालु आवका लागि गत वर्ष  ४ अर्ब २३ करोड ३ लाख ७० हजार ५ सय ७९ रुपैयाँको बजेट ल्याएको थियो ।