सिरहा। जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाइघाट शाखाले जीवन बीमा गराएका स्व. विष्णु देव चौधरीको परिवारलाई १२ लाख ८८ हजार मुत्यु दाबी भुक्तानी गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं.३ निवासी बिमित स्व.विष्णु देव चौधरीको परिवारलाई १२ लाख ८८ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्णले मृतकको श्रीमती रेखा कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।