लागूऔषध ब्राउन सुगरसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् ।
मोरङ विराटनगर महानगरपालिका २ दुर्गा चोकबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडी रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।