बिर्तामोड । बिर्तामोडकी सिर्जना बस्नेतको रहस्यमय मृत्युको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली झापा आएको छ । अनुसन्धान जटिल भएपछि सिआइबीको टोलीसमेत झापा आएको हो ।
असार २८ गते सोमबार घरअगाडि बस्नेतको शव फेला परेको थियो । बिर्तामोड–५ मा डेरा गरी बस्दै आएकी बस्नेतको अर्धनग्न अवस्थामा शव फेला परेपछि हत्याको आशङ्का गरिएको छ । प्रहरीले सोहीअनुसार अनुसन्धानलाई अघि बढाएको थियो ।
‘जघन्य पिलर’ मा राखेर गरिएको अनुसन्धान संवेदनशील भएपछि सिआइबीको सहयोग लिइएको छ । यसअघि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले अनुसन्धान गरिरहेको थियो ।