मधुमल्ला/ पछिल्लो समय मिक्लाजुङको मधुमल्ला बजार क्षेत्रमा कोभिड १९ को संक्रमणदर उच्च देखीएपछी गत असार ३० गतेबाट सुरु भएको मधुमल्ला बजार बन्द श्रावण २४ गते देखी खुल्ला हुने भएको छ ।

यस अधि असार ३० गते देखी श्रावण २४ गते सम्म मधुमल्ला बजार  समय तोकेर खुल्ला गरिदै आएको थियो ।

श्रावण २३ गते बसेको मिक्लाजुङ व्यापार प्रवन्ध समितिको बैठकले बजार खुल्ला गर्ने निणय गरेको मिक्लाजुङ व्यापार प्रवन्ध समितिका सचिब दिपक श्रेष्ठले बताए ।

यस्तै बैठकले साप्ताहिक रुपमा सोमबार लग्ने हाट बजार भने तत्काल नलगाउने निर्णय गरेको छ ।  यस अघि मधुमल्ला बजार दिनको ३ बजे देखी ७ बजे सम्म खुल्दै आएको थियो ।