ओखलढुङगाकाे सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । 

गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।

कार्यालयका अनुसार अर्का घाइते आङगुबु शेर्पाको सोही अस्पतालमै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।