बिर्तामोड । ताइवान एक्सीलेन्स नामक संस्थाले ‘शेयरीङ इज केयरीङ’ नामको अभियान घोषणा गरेको छ । बिश्वका १०२ देशका सञ्चारकर्मी भर्चुअल बिधिबाट सहभागी भएको कार्यक्रममा संस्थाले अभियान घोषणा हो ।

अभियानले सामाजिक परिवर्तनको नेतृत्व गर्ने दावी संस्थाको छ । डिजिटल अभियान अन्तर्गत यसले व्यक्ति, गैरसरकारी संस्था, र बिश्वका सामाजिक संस्थाद्वारा सामाजिक तथा नयाँ कामको लागि नेतृत्व गर्ने बताइएको छ ।

धेरै मानिसलाई अरुलाई प्रभाव पार्ने शक्ति रहेको बिश्वास हुन्छ । यो शक्ति दोब्बर भयो भने एउटा आन्दोलनका रुपमा निर्माण गर्न सकिने र यसले बिश्वलाई परिवर्तन गर्न सक्ने संस्थाको बिश्वास छ ।

यही बिचार बोकेको ताइवान एक्सीलेन्सले बिश्वभरका सञ्चारकर्मीसामु अभियान सार्वजनिक गरेको छ । सेरिङ इज केयरिङ नाम दिएको यो अभियान बिश्वस्तरमा योजना बनाउने कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि पहल गर्ने छ । जसको लक्ष्य सामूहिक उद्देश्य, विशेषज्ञता र प्रविधिको शक्तिको उपयोग गर्न हो ।

परियोजनाको उद्देश्य समाजसेवीहरुलाई सामाजिक मुद्दा, शासन र वातावरण संरक्षणका लागि मञ्च प्रदान गरी समाज परिवर्तन गर्नु हो । यस अन्तर्गत, विभिन्न सामाजिक संस्था, व्यक्ति र गैरसरकारी संस्थाहरुलाई उनीहरुले काम गर्न चाहने कारण खुलाएर आवेदन गर्नका लागि संस्थाले अनुरोध गरेको छ ।

संस्थाका बिज्ञ तथा शिक्षाविद ओन्नो डब्लु पुर्वाेले सामाजिक परिवर्तनका लागि ईच्छा राख्ने पहिलो १२ प्रस्तावहरु छनौट गरिने बताएका छन् । त्यसपछि सार्वजनिक मतदानको लागि वेबसाइट मा राखिनेछ । सबैभन्दा धेरै मत पाउने संस्थासँग सहकार्य गरेर समाज परिवर्तनमा अझ सक्रिय बनाउने लक्ष्य संस्थाले लिएको उनले बताए ।

‘ताइवान एक्सीलेंस’ ताइवानका ब्यवसायीबाट स्थापित संस्था हो । उनीहरुले समाज रुपान्तरणका लागि बिश्वमै नयाँ खालको कार्यक्रम ल्याएको बताएका छन् । गुणस्तरीय सामग्री उत्पादनका लागि बिश्वमा कहलिएको ताइवानले ब्यवसायलाई थप बिस्तार गर्दै सामाजिक अभियान शुरु गर्ने घोषणा गरेको हो ।