धनकुटा। सात वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका वडा नंं.५ घर भएका ५५ वर्षीय इन्द्रवहादुर राईलाई पक्राउ परेका छन् ।  

घट्ना श्रावण १ गतेको भएपनि प्रहरीलाई भने श्रावण २३ विहान मात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घट्नाको विषयमा थाहा भएपछि प्रहरीले राईलाई तत्काल पक्राउ गरी सोधपुछ गरेर नियनत्रणमा लिएको थियो ।

प्रहरीलाई दिएको वयानको क्रममा राईले गएको श्रावण १ गते दिउँसो १ वजे भिजेको अवस्थामा घरमा आएपछि लुगा खोलेर नुहाई दिएको बताए । करणी गरेको भन्ने आरोप निराधार भएको राईले बताएका छन् ।  

यता, बालिकाको अभिभावकले भने आरोपित राईले आफ्नो बालिकालाई करणी गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले उनी विरुद्ध मुद्धा चलाएको जनाएको छ । करणी गरेको भने श्रावण २१ गते फेरी ति बालिका इन्द्रवहादुरको घरमा जाँदा उनीसंगै खेल्न गएको अर्का साथीलाई भने पनि घट्ना बाहिरिएको बताइएको छ ।

छिमेकीले २२ गते साँझ भेला भएर छलफल गर्दा आफ्नो गल्ती भएको स्वीकारेका थिए । बालिकालाई करणी गरेको आरोपमा इन्द्रवहादुर राई विरुद्ध श्रावण २३ गते विहान बालिकाको अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । 

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा–३ को क मा उल्लेख भएअनुसार १० वर्ष भन्दा तलका बालिका, पुर्णअसक्त, अपाङ्ग र ७० वर्ष भन्दा माथिकालाई करणी गर्नेलाई जन्म कैदको कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

जवर्जस्ती करणीको आरोपमा पक्राउ परेका राईले भने आफ्नो घरमा ति वालिका सानै देखी आउने गरेको र पानीमा भिजेर हिलाम्मे भएर आएको देखेर कपढा खोलेर नुहाई दिएको बताए ।

आफुलाई करणी गरेको आरोप डक्टरको रिपोर्टले कुनै पनि हालतमा पुष्टी नहुने दावी राईले गरेका छन् । उनले मेरो नातिनी जतिकै माया गरेको ति वालिका माथि आफूले त्यस्तो अमानविय पशुवत व्यवहार नगरेको दावी गरेका छन् ।