सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) ५ लाख ४० हजारलाई १० कित्ताका दरले बाडेकाे छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिबार बाँडफाँड गरेकाे हाे । 

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

जसमा  २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । अबेदन मध्ये एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएपछि  २३ लाख ८ हजार १२२ योग्य आवेदन मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो  बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएकाे छ ।