तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै अफगानिस्तान छाडेका राष्टपति असरफ घानीले रक्तपातबाट देशलाई बचाउन देश छोडेँकाे प्रतिकृया दिएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा देश छाेड्ने निर्णय लिन निकै कठिन भएकाे भएपनि अफगानिस्तानमा अरू रक्तपात हुन नदिन देश छाेडेकाे बताएका छन् ।
उनले तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताएका छन् ।
उनले धेरैले विश्वास नगरिसकेकाे तालिबानका लागी सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौती रहेको पनि घानीले बताएका छन्।

उनले तालिबानले ऐतिहासिक परीक्षाको सामना गर्नुपर्ने उल्लेख गर्दै, तालिबानले अफगानिस्तान र अफगानिस्तानीका सम्मान र रक्षा गर्ने वा तालेबानी नेटवर्कलाई प्राथमिकता दिने छन् भन्ने प्रस्न गरेकाे थिए ।