परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनिहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।