धरान । झापाको भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुबाहक बसमा एक युवाको साथबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको छ ।
भद्रपुर नगरपालिका ८ बाट अन्दाजी ९ ग्राम ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका ८ का ३१ वर्षीय नवीन खानलाई प्रहरीले पक्राउ गरेको हो । बसमा सवार उनीमाथि जाँच गर्ने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो ।
त्यस्तै प्रदेश २ को पर्सास्थित वीरगञ्ज महानगरपालिका २५ बाट ग्यास बोक्ने ट्याङ्करबाट एक सय २० केजी गाँजा बरामद गरिएको छ । भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्यास बोक्ने ट्याङ्करबाट गाँजा बरामद गरिएको हो । ट्याङ्कर चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।