वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–६ चिलिया टापुस्थित कोशी नदी किनारमा पहिचान, वतन नखुलेको युवाको शव भेटिएको छ ।
शनिबार दिउसो करिब साढे ४ बज अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यलय चक्रघट्टीका इन्स्पेक्टर पान्डवकुमार राजवंशीले जानकारी दिए ।
नदी किनारमा बेवारिसे लाश रहेको स्थानीयबाट जानकारी पाएर गएको प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी क्याम्पमा पठाइएको इन्स्पेक्टर राजवंशीले जानकारी दिए ।
शव पहिचानका लागि प्रहरीले ९८५२०९०१२५ फोन नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गरेको छ ।