मोरङको विराटनगरबाट ८ लाख २० हजार स्रोत नखुलेको नगदसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का ३४ वर्षीय उमेश साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार साहलाई को १ २९ प ८६४० नम्बरको स्कुटरमा भातबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा विराटनगर वडा नम्बर १८ भेडियारी स्थित अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ८ लाख २० हजार नेपाली नगद बरामद गरेको थियो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।