श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २९ गते बुधबार, १५ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको द्वादशी तिथि २ः२१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र भरणी ७ः५१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ । साँझदेखि ईष्र्या गर्नेहरूले फसाउन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ भने लामो यात्राको प्रक्रिया अधि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौतीसमेत झेल्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । साँझदेखि स्थितिमा सुधार आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमजोरीलाई सुधार्ने मौका मिल्ला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
केही व्यवधान देखिए पनि प्रयत्न गर्दा दैनिकीमा परिवर्तन आउन सक्ने देखिन्छ  ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हिम्मतका साथ काम अघि बढाउन सकिनेछ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य कामका लागि दौडधुप गर्नु पर्ला । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको भर पर्दा काम रोकिन सक्छ । व्यापार–व्यवसायबाट भने मनग्य लाभ हुनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । छोटो दूरीको यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा वस्त्रको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । समाज सेवामा मन लाग्नेछ ।