श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १ गते बिहीबार, १६ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको त्रयोदशी तिथि भोलि ५ः०१ बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र भरणी ७ः५१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४७ र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धार्मिक, सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद र प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभसमाचार सुन्न पाइएला । धर्म–कर्ममा मन जानेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । समय उत्तमखालको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्थान परिवर्तनको विशेष योग देखिन्छ । लगानीको वातावरण बन्नेछ । दिन सामान्य रहला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन खरिद गर्ने योग रहेको छ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक कामकाज पूरा हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्राको योग रहेको छ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद गर्ने योग बनेको छ । मनोरञ्जनमा समय बित्नेछ । समय राम्रै छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु होला । पढाइमा रुचि बढ्नेछ ।