श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष ३ गते शनिबार, १८ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको चतुर्दशी तिथि ७ः४५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र रोहिणी १४ः०६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । माल सामान हराउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बन्धुबान्धवबाट सहयोग मिल्नेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ । दिन राम्रो रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन शान्त रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा पनि चल्नेछ । जोस, जाँगर र उमङ्ग बढ्ने देखिन्छ । दिन राम्रो रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल यात्राको योग रहेको देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्म–कर्ममा मन लाग्नेछ । प्रेमसम्बन्ध पनि कसिलो हुने देखिन्छ । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटेको कार्य पूरा हुने तथा नयाँ काममा हात हाल्ने समय छ । समाजसेवामा मन लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव पाइनेछ । स्वास्थ्यमा समस्या आउला ।