श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस ४ गते आइतबार, १९ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको पूर्णिमा तिथि १०ः२६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा १७ः०९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लाभ–हानि, आय–व्यय र सुख–दुःख बराबरी खालको समय छ ।  ज्ञानमा वृद्धि पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ मिल्नेछ ।  यात्रा हुने सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैन । दिन सामान्य रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ सचेत रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान, सम्मान र प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिन राम्रो छ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुने देखिन्छ । मन शान्त रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकको व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । लगानी गर्नु उपलब्धिमूलक नहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायबाट लाभ प्राप्त होला ।  सन्तानबाट सन्तुष्टि प्राप्त हुन सक्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यसिद्धि होला । मान, सम्मानमा वृद्धि होला । स्वास्थ्यले पनि साथ दिने देखिन्छ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उच्च अधिकारीबाट साथ र हौसला मिल्ला । तपार्इंको कार्यको तारिफ हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईंको लागि आजको दिन प्रतिकूल रहनेछ । मानसिक चिन्ता र असन्तुष्टि रहला ।