विजयपुर । धरान–११ का स्थानीय नेताहरूले खेलाडीलाई जर्सी सेट प्रदान गरेका छन् ।
बिहीबार ३ राजनीतिक दलका नेताहरूले मकालु कला केन्द्र धरान–११ का फुटबल खेलाडीहरूलाई संयुक्त रूपमा जर्सी सेट प्रदान गरेका हुन् । नेकपा (माअोवादी केन्द्र) धरान–११ का अध्यक्ष जितराज राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवानका नगर अध्यक्ष सन्जुहाङ्ग साँवा र नेकपा (एकीकृत समाजवादी) का नेता सुकलाल लिम्बूले जर्सी सेट प्रदान गरेका हुन् । उनीहरूले १२ हजार रुपैयाँ बराबरको जर्सी सेट खेलाडीका टिम कप्तान भोलानाथ विश्वकर्मासहित अन्य खेलाडीलाई हस्तान्तरण गरेका थिए ।