श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस ५ गते सोमबार, २० डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको प्रतिपदा तिथि १२ः५६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा २०ः०२ बजेसम्म, उप्रान्त पुनवर्शु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायबाट आफूले  सोचेजस्तो फाइदा नहोला । राज्यबाट भय रहन्छ । दिन सामान्य छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईंको लामो दूरीको यात्रा सफल रहनेछ । भाग्यले पूर्ण रूपमा साथ दिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिकस्थलहरूको भ्रमण तथा दर्शन गर्न र दानदक्षिणाको  लागि उत्तम समय रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त हुनेछ । खानपानमा विचार पु¥याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायबाट सन्तोषजनक नतिजा प्राप्त हुनसक्छ । दाम्पत्यजीवन सुख रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुमाथि विजय प्राप्त हुनेछ । धन र स्वास्थ्यलाभको साथै सुख प्राप्त होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोचरमा तपाईंको चन्द्रलग्न आएको छ । उक्त अवधिभर तपाईंको समय अनुकूल रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जागिर तथा करियरको क्षेत्र सामान्य रहनेछ । वैवाहिक जीवनमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईंमा अत्यधिक रिस ताथ अहम्ता वृद्धि हुने, टाउको दुख्ने, पोल्ने समस्या देखिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू कमजोर बन्नेछन् । कुनै प्रतिस्पर्धा तथा विवादमा तपाईंको जित होला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायको क्षेत्रबाट राम्रै फाइदा हुनेछ । तपाईंले थालेका कामकाज पूर्ण हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरकारी कामकाजका क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा मन लाग्नेछ ।