श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस ६ गते मङ्गलबार,  २१ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको द्वितीया तिथि १५ः१३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुनर्वशु २२ः४० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५० र सूर्यास्त ५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो व्यवसायमा राम्रो सम्बन्ध बनाउनुहोला । मनमुटाव हुन सक्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सन्तानको स्वास्थ्यमा केही समस्या भने देखिन सक्छ । तपाईंको कार्यप्रति अरू प्रभावित बन्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । समाज सेवामा मन लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको सम्भावना छ । यात्राबाट दीर्घकालीन फाइदा पनि पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।  मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयासले धेरैको भलाइ हुनसक्छ । रोकिएका काम सम्पादन हुनेछन् । दिन राम्रो छ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । साँझदेखि आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशिष्ट व्यक्तिबाट सहयोग प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सोचेजस्तो सहयोग प्राप्त होला । स्वास्थ्यमा सुधार आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छालासम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विशेष ध्यान पु¥याउनु होला ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिनको कारोबारबाट सोचेजस्तो आम्दानी नहोला । छोटो दूरीको यात्रा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान–सम्मान पाउनेछन् ।