श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस ७ गते बुधबार, २२ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको तृतीया तिथि १७ः११ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पुष्य ०१ः०० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५० र सूर्यास्त ५ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले ठूलो काम बन्ला । गरेका कामले सम्मानित स्थान दिलाउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो लाभांशमाथि अरूले दाबी विरोध गर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ मिल्नेछ । मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।